चिनियाँ दलाल भन्दै उपेन्द्र यादवको पुत्ला दहन

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए ।

Oct 12, 2021 - 15:18
 0


राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।

राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दूको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । त्यसैगरी जनकपुरमा अभियानका अभियन्ता अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । दुवै स्थानमा अभियानका अभियन्ताहरुले निकालेको र्यालीमा चिनियाँ दलाल मुर्दावाद, उपेन्द्र यादव-प्रचण्डको दलाल, प्रदेश २ मा तिब्बतीकरण बन्द गर, प्रदेश २ मा इस्लामीकरण बन्द गर र उपेन्द्र यादव चिनियाँ दलाल भन्दै प्रदर्शन गरेका थिए ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए ।

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव चिनियाँ दलाल रहेको आरोप लगाए । उनले भने, 'उपेन्द्र यादव चिनियाँ दलाल हुन्, चिनियाँ निकटहरुलाई मन्त्री बनाइएको छ।' त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए ।

“मुख्यमन्त्री लालबाबु राउत आईएसआईको एजेन्ट हुन्” उनले भने “उपेन्द्र चिनियाँ एजेण्ट र लालबाबु आईएसआईको एजेन्ट, दुवै मिलेर प्रदेश नम्बर २ मा मदरसा विधेयक ल्याएर तालिवान बनाउने योजनामा काम गरी रहेको छ ।”

नेपाल सरकारले शिक्षामा उच्च लगानी गरी सरकारी विद्यालय सञ्चालन गरेको र त्यहाँ पठनपाठनमा कुनै पनि भेदभाव नभएको कारण मदरसा शिक्षाको कुनै आवश्यकता नै नरहेको उनले तर्क गरे ।

मदरसामा पढेका विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने प्रश्न गर्दे उनले भने “मदरसा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा हो जसलाई अरु कुनै पनि धर्म संस्कृति सँग सम्बन्ध छैन् ।” मदरसा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए ।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा जोड दिदै उनले संघीय हिन्दु गणतन्त्रसहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register