जय होस दासत्वको

Jan 30, 2022 - 03:56
 0

१. छिमेकिले सिमा अतिक्रमण गरेकै छ्न ।भारतले त गरेकै थियो गठबन्धन सरकारले चिनले पनि सिमा अतिक्रमण गरेको प्रतिबेदन सार्बजनिक गर्यो । छिमेकिलाई कुटनैतिक नोट लेख्न सक्दैन सरकार।

२. भ्रष्टाचारले दल नेता कर्मचारी डुङ्गडुङ्ग ती गन्हाएको गन्हायै छ्न।कमिसन र सेटिङ्गमा केही मालामाल छ्न केही अभावले ग्रसित छ्न। 

३. दुई बर्स देखि संसदले राम्रो काम गरेको छैन सांसदले तलब भत्ता पचाएको पचाई छ्न । 

४. अर्थतन्त्र चौपट छ । ऋण पनि पाईन छोड्यो । अर्थमन्त्री के गर्दै छ्न कुन्नि । 

५. गठबन्धन सरकार र उसका मन्त्री कता छ्न एउटा आले स्टण्टले सरकारको इज्जत धान्न परेको छ । 

६. स्थानिय सरकारको समयावधि सकिन लाग्यो । चुनाव हुने छाँटकाँट देखिन्न ।  संबिधान र कानुन मै दुईथरी कुरा लेख्या छ्न कस्ताले कानुन बनाउछ्न कुन्नी । 

७. ओमिक्रोन र ओमिक्रोन संग सम्बन्धित सरकारी मापदण्डले सबै क्षेत्र अस्तब्यस्त हुँदैछ । 

८. यसपालि महङ्गि तिर कसैलाई ध्यान र चासो छैन । महङ्गी उर्लापात छ। 

९. बेरोजगार एकातिर छ । श्रम बजारको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले  देशमा बस्न कसैलाई मन छैन । नेपालमा भाँडा माझे मासिक  १०/१२ हजार । अस्ट्रेलिया गएर भाँडा माझे मासिक  २/३ लाख । स्वदेशमा ब्यबसाय नै गरेपनी २/३लाख कमाउन सकिँदैन । 

१०. राज्याको प्रमुख स्रोत शक्ति युवा युवती स्वदेशमा बस्न नै रुचाउन छोडे । 

११. जनताका आधारभुत आवश्यकता पूरा गर्न तिर  भन्दा महिला मन्त्रीको श्रीमान मन्त्रो हुनुपर्छ भन्ने कुरामा मन्त्रीको  विशेष चासो र रुचि हुने गर्दछ । 

१२. ........... समस्या कति लेख्नु लेख्दालेख्दै फेरि रातपर्छ । 

र पनि हामीलाई यिनै दल र नेता असाध्यै मनपर्छ । हाम्रो नियती भाग्य यिनै दल र यिनै नेताको हातमा छ । हेर हेर योगेस नाङ्गिदा एमालेजन मौन छ । यस्ता नेता पार्टिमा काम छैन भनेर एउटाले लेख्न बोल्न सक्दैन।  कठै स्वतन्त्रता ! जय हो दासत्व को ! ????????????????

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow