बहुचर्चित गायक दुर्गेश थापा आइपुगे लन्डन, बेलायतमा ‘परफर्म’ गर्न उत्साहित

Sep 5, 2025 - 00:23
 0
बहुचर्चित गायक दुर्गेश थापा आइपुगे लन्डन, बेलायतमा ‘परफर्म’ गर्न उत्साहित


लन्डन- बहुचर्चित कलाकार दुर्गेश थापा आफ्नो पहिलो सांगीतिक भ्रमणका शिलशिलामा लन्डन आइपुगेका छन्।

बेलायतस्थित लाइम एण्ड लेमन इन्टरटेनमेन्टको संयोजनमा बेलायतका आधा दर्जन ठाउँमा तय ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ का लागि उनी विहीबार राती लन्डन उत्रिएका हुन्।

पहिलोपटक बेलायत आएका दुर्गेशले लण्डनको हिथ्रो विमानस्थलमा न्यानो स्वागत पाए।

लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेलसंगै विभिन्न ठाउँमा हुने शोका आयोजकहरुले दुर्गेशलाई बेलायतमा स्वागत गरेका छन् । उनको स्वागतका लागि उल्लेख्य संख्यामा उनका शुभेच्छुकहरु हिथ्रो विमानस्थल पुगेका थिए।

लन्डन उत्रिएलगत्तै दुर्गेशले बेलायतवासी नेपालीसंग भेट्न र प्रस्तुति गर्न पहिलोपटक आउँदा आफू निकै उत्साहित रहेको बताए । आफ्ना शोहरुको निम्तो दिंदै उनले बेलायतका दर्शकलाई पूर्ण मनोरन्जन दिलाउने गरी प्रस्तुति दिन तम्तयार रहेको उनले बताए।


यही सेप्टेम्बर ६ तारिख शनिबारदेखि सेप्टेम्बर १६ तारिख सोमबारभित्र बेलायतका विभिन्न आधा दर्जन स्थानमा दुर्गेशका शो तय छन् ।

दुर्गेशको पहिलो शो प्रेस्टनमा सेप्टेम्बर ६ तारिख हुंदैछ । त्यसपछि सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।

सेप्टेम्बर १२ तारिख लन्डन किंग्स क्रसको स्कालामा हुने शोमा विशेष आकर्षणका रुपमा चर्चित मिडिया पर्सनालिटी सिसन बानिया र लोकप्रिय र्‍यापर नवाज अन्सारीले पनि प्रस्तुति गर्दैछन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register