एमाले विधान महाधिवेशन: पार्किङ सडकमै (तस्विरहरू)

Sep 5, 2025 - 11:29
 0
एमाले विधान महाधिवेशन: पार्किङ सडकमै (तस्विरहरू)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनका नाममा सडक जामदेखि यत्रतत्र सवारी पार्किङ्ग गरेर सर्वसाधारणलाई दु:ख दिएको पाइएको छ । ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म सडकमै सवारी साधन पार्क गरिएका छन् ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register