लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

Sep 5, 2025 - 10:18
 0
लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

झापा, २० भदौ । झापा जिल्लाको छुट्ट छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १९ गते झापाको कमल गाउँपालिका- ५ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित मोरङ विराटनगर- ८ का भोला अमात राय,  भारत बिहारका आलम खान र दमक- ७ का राजिव मण्डललाई पक्राउ गरेको छ ।

त्यस्तै, मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ती गाउँपालिका- ४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register