सीमा क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि उच्च सतर्कता

Sep 5, 2025 - 07:51
 0
सीमा क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि उच्च सतर्कता

बैतडी ।

भारतको उत्तराखण्ड राज्यका विभिन्न जिल्लामा बर्डफ्लु संक्रमण देखिएपछि बैतडी सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीकी प्रमुख गुमानी पन्तका अनुसार, नेपालसँग सीमा जोडिएका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा संक्रमण पुष्टि भएपछि नेपाल प्रवेश रोक्न सीमा क्षेत्रमा निगरानी बढाइएको हो । उहाँले भन्नुभयो–‘भारतको उत्तराखण्डका विभिन्न क्षेत्रमा बर्डफ्लु देखिएपछि सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ।’

दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । दुबै स्थानीय तहले सूचना जारी गर्दै सीमा नजिकका किसान, व्यवसायी र सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टका अनुसार, चाडपर्वका बेला रातको समयमा अवैध रूपमा भारतबाट कुखुरा र कुखुराजन्य पदार्थ भित्र्याइने सम्भावना भएकाले निगरानी कडा पारिएको छ ।

त्यस्तै, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले सूचना जारी गर्दै चोरीछिपी कुखुरा तथा कुखुराजन्य पदार्थ ल्याउने कार्य नगर्न आग्रह गरेका छन् । पालिकाले यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register