कृषि आधुनिकीकरण परियोजनाका उपलब्धीहरु बारेमा छलफल

Sep 5, 2025 - 07:18
 0
कृषि आधुनिकीकरण परियोजनाका उपलब्धीहरु बारेमा छलफल

उदयपुर ।

तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हालको (नाम परिवतर्न) राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०८१।०८२ मा गरेका कामहरुको समीक्षा, उपलब्धी तथा चालु आ.ब.को नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका बारेमा र कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरुका बारेमा सरोकारबालाहरुका बिचमा छलफल भएको छ ।

गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुमा जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग अन्तर्गत बहुबाली जोनमा ७ एचपिको ७ थान मिनीटिलर, ट्«याक्टर, मकै गोड्ने,रोपने मेसिन,स्पेयर, डिजिटल तौल मेसिन लगायतका प्रविधि सामानहरु वितरण गरिएको जानकारी दिइएको छ । यसैगरी सुन्तला जोन, अदुवा बेसार जोनमा र बाख्रा जोनमा खोर व्यवस्थापन कार्याक्रममा जानकारी दिनुका साथै प्राविधिक सहयोग उपलब्ध गराइएको जानकारी दिइएको छ ।

यस्तै चैते धान कार्यक्रम तथा चक्लाबन्दी कार्यक्रममा पनि कृषि यान्त्रिकीकरण सहयोग उपलब्ध गराउनुका साथै सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम,आधुनिक बाख्राखोर निर्माण र पशु नश्ल सुधार कार्यक्रम संचालन गरिएको थियो ।
यस कार्यक्रम कार्यान्वयनबाट बसन्ते तथा हिउदे बाली मकैको क्षेत्रपफलमा बृद्धि,जोन क्षेत्रभित्र सिंचाई पूर्वाधार निर्माणमा सहयोग मार्फत सिंचित क्षेत्रफलमा बृद्धि भएको छ । उत्पादन लागतमा न्युनिकरण,उत्पादनको गुणस्तरमा बृद्धि,५० वटा नमुना आधुनिक बाख्रा खोर निर्माण,पशु नश्ल सुधार तथा व्यवस्थित आहार कार्यक्रम संचालन भएको छ ।

बजार क्षेत्र विस्तार तथा पहुँचमा बृद्धि,इन्टर्न परिचालन मार्फत कृषकहरुको स्थानीय समस्या पहिचान तथा समाधानमा सहयोग, उद्यमशीलता विकासमा सहयोग र रोजगारीको अवसर सिर्जना भएको राष्ट्रिय कृषि आधुनिकी करण कार्यक्रमका प्रमुख दिपेन्द्र मनोहर चौधरीले बताए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले नेपालमा गरिबी निवारण गर्न वा व्यवसायिक रुपले गरिएको खेतीले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलेल सरकारले कृषि क्षेत्रको उत्पादनशीलता र उद्यम विकासकालागि प्राथमिकतामा राखेर काम गरेका कारण सफलता पनि पाउँदै गएको बताए ।

जिल्ला कृषि विकास समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रमप्रसाद लुइटेल, कृषि ज्ञान केन्द्रका प्रमुख, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख, पालिकास्तरका कृषि तथा पशुपन्छी शाखाका प्रमुखहरु, जिल्लास्थित अन्य कृषि प्राविधिकहरु, विभिन्न पालिकाका कृषकहरुको सहभागितामा भएको सो कार्याक्रममा गत आ.ब मा भएका कामहरुको उपलब्धिका बारेमा र चालु आ.ब.का प्राथमिकता प्राप्त कार्यक्रमहरुको बारेमा चर्चा गरिएको थियो ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register