नक्कली बिहे गराएर ठगी गर्ने दुई जना प्रहरी फन्दामा

Sep 5, 2025 - 03:06
 0
नक्कली बिहे गराएर ठगी गर्ने दुई जना प्रहरी फन्दामा

सुर्खेत, २० भदौ । सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । 

फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु, छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१०, बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३, घर भई वीरेन्द्रनगर–१०, बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट बिहेमा प्रयोग हुने कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरू बरामद भएका छन् । पक्राउ परेका विक र मगर आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरूमाथि आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

The post नक्कली बिहे गराएर ठगी गर्ने दुई जना प्रहरी फन्दामा appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register