वास्तवमा भ्यालेन्टाइन डे के हो, कहाँ र कसरी सुरु भयो ?
चाडपर्वहरु देशको सांस्कृतिक पहिचान हुन्। र देशलाई ई पर्वहरुले धेरै ठुलो आर्थिक मद्दत पनि गर्दछन् । होलिको रंग किन नहोस्, वा बिभिन्न पर्वहरुमा प्रयोग मा आउने सामाग्रीहरु किन नहुन् ,सबै देशमै बन्थिये र देसको अर्थतन्त्र मा यो प्रक्रियाले निकै ठुलो टेवा पुर्याउथियो। विदेशको सांस्कृतिक सरणमा परेपछि अब समान पनि बिदेसी नै किनिन थालिए, अनि देश रेमिटेन्सको भर नपरे के को भर पर्ने त !

वास्तवमा भ्यालेन्टाइन डे के हो, कहाँ र कसरी सुरु भयो ?
भ्यालेन्टाइन डे मनाउने मध्ये तपाई पनि एक हुनुहुन्छ ??अवश्य पढ्नुहोस्, यो पढेपछि तपाईको सोचमा परिवर्तन आउन सक्छ, ताकि तपाईलाई भविष्यमा कसैले भ्यालेन्टाइन डेको वास्तविकता सोध्यो भने भन्न सक्नुहुन्छ :-
इतिहास :-
रोमन साम्राज्यमा एक राजा क्लाउडियस थिए र उनको समयमा, उनले विवाह नगर्ने सिपाहीहरू बढी शक्तिशाली हुन्छन् भन्ने विश्वास गर्थे, त्यसैले शाही परिवार बाहेक अरू कसैलाई आफ्नो प्रजामा विवाह गर्ने अधिकार थिएन। यदि कोही प्रेमी युगल बनेर विवाह गर्ने सोच राख्यो र राजालाई थाहा भयो भने उसलाई मृत्युदण्ड मिल्दथियो।
येही क्रम चलिआएको थियो तर एक चर्चका पादरीले एसको बिरोध गर्न सुरु गरे , उनले केही जोडीहरुलाई गोप्य रुपमा बिबाह सम्मपन्न गराउन थाले र जब सबैलाई यो कुरा थाहा भयो, राजाद्वारा उनलाई गिरफ्तार गरीयो र डरलाग्दो यातना दिएर मारियो, उनको नाम सेन्ट भ्यालेन्टाइन थियो। त्यसपछि धेरै वर्षसम्म उनले बनाएको जोडीहरु लगायत आम नागरिकले विरोध जारी राखे। सेन्ट भ्यालेन्टाइन को सम्झनामा यो दिन मनाएर विरोध प्रदर्शन गरिरहे, तब मात्र उनीहरुले विवाह गर्ने स्वतन्त्रता पाए ।
येही बिरोद प्रदर्शन को रूपमा सेन्ट भ्यालेन्टाइन को मिर्तु दिवस सम्झनामा स्वरुप 'भ्यालेन्टाइन डे' मनाउन थालियो।
आदि काल देखि चल्दै आएको सनातन धर्म मा बिबाहको लागि कहिले पनि रोक थिएन। भगवान राम, श्री कृष्ण र अन्य सबै ऋषिहरूले विवाह गरेको उल्लेख हाम्रा ग्रन्थहरुमा पाइन्छ। हामीले प्रेम दिवसको रुपमा बिभिन् चाडपर्वहरू पनि मनाउछौं, जस्तै बसन्त पञ्चमी र होली जस्ता धेरै चाडपर्वहरू छन्, जसमा सम्पूर्ण समाजले मिलेर पर्व मनाउँछन्।
चाडपर्वहरु देशको सांस्कृतिक पहिचान हुन्। र देशलाई ई पर्वहरुले धेरै ठुलो आर्थिक मद्दत पनि गर्दछन् । होलिको रंग किन नहोस्, वा बिभिन्न पर्वहरुमा प्रयोग मा आउने सामाग्रीहरु किन नहुन् ,सबै देशमै बन्थिये र देसको अर्थतन्त्र मा यो प्रक्रियाले निकै ठुलो टेवा पुर्याउथियो। विदेशको सांस्कृतिक सरणमा परेपछि अब समान पनि बिदेसी नै किनिन थालिए, अनि देश रेमिटेन्सको भर नपरे के को भर पर्ने त !
बिदेशी को जालमा फसेर केहि व्यक्तिगत फाइदाको लागि हाम्रा नेताहरुले हाम्रा नया पिडिलाई वेस्टर्न संस्कृति तिर धकेल्दिये र धकेल्दै छन् । जुन संस्कृति मा महिलाहरुलाई हिजो अस्ति सम्म पनि दोस्रो दर्जा को रुपमा मानिन्थियो आज तेतै तिर को चाडपर्व हरु बडि मनाइएको देखिन्छ हाम्रो देशमा। जबकी नारीलाई सधै देबीको रुपमा पुजा गर्ने सांस्कृति भएको देशमा आफ्नै पर्वहरु बिस्तारै बिस्तारै मस्तिक बाट लोप हुदै गए। नया पिडीलाई थाहानै छैन कुन चाडपर्व किन मनाइन्छ भनेर।
[
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।।
अर्थात:
जुन कुलमा नारीको सम्मान हुन्छ, त्यस कुलमा देवताहरू प्रसन्न हुन्छन्।
नारीको अपमान हुने कुलमा भएका सबै कर्महरू,
धर्म निष्फल हुन्छ अर्थात् ती कर्म र धार्मिक कर्मबाट कुनै पुण्य प्राप्त हुँदैन।
]
अझैपनि केहि बिग्रिएको छैन। येदि हाम्रा नेताहरुले धर्म ग्रन्थ र पुरातन इतिहासको अध्यान सुरु गर्ने हो र हाम्रो बिराट पौराणिक बिरासतलाई औधुनिकता संग जोड्ने प्रयास गर्ने हो भने हामी स्वयम् फेरी पनि आत्मा निर्भर हुन सक्दछौं।
What's Your Reaction?






