आज झापाका छ पालिकामा सार्वजनिक बिदा

Sep 5, 2025 - 09:24
 0
आज झापाका छ पालिकामा सार्वजनिक बिदा

झापा, २० भदौ । झापा जिल्लाका छ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्म जयन्ती (मोहम्मद दिवस) को अवसरमा जिल्लाका गौरीगञ्ज गाउँपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

पैगम्बर हजरत मोहम्मदको १५०० औं जयन्तीको अवसरमा नगर प्रमुखस्तरीय निर्णयानुसार अत्यावश्यक सेवा बारुणयन्त्र र सरसफाई बाहेक स्थानीय बिदा दिइएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो ।

आजको दिनलाई मोहम्मद दिवस, ईद उल मिलान नबी र १२ रबिउल अव्वल पनि भन्ने गरिन्छ । आजको दिन मुस्लिम समुदायले मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।

हजरत मोहम्मदको जन्म रवि अब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट ५७० जन्म भएको थियो भने निधन मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचार संस्थापक हुन् ।

The post आज झापाका छ पालिकामा सार्वजनिक बिदा appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register