नेकपा समाजवादीको वैठकः खनाललाई गाली, एमसीसीलाई ताली ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुनुअघि बसेको पोलिटव्यूरो बैठकमा सम्मानित नेता झलनाथ खनाललाई गाली र एमसीसीलाई ताली लगाइएको छ ।

Mar 10, 2022 - 08:47
 0
नेकपा समाजवादीको वैठकः खनाललाई गाली, एमसीसीलाई ताली ?

बैठकमा एस पार्टीका सम्मानित नेता खनालले एमसीसी अनुमोदनको बेला पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै केही नेताहरुले आक्रोश पोखेका थिए ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने यसअघिको सचिवालयको बैठकको निर्णय भएको थियो, तर, स्थायी कमिटीको बैठकबाट केही असहमति भएपनि एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको तर खनालले फरकमत राखेर पार्टी निर्णय विपरित गएको बताएका थिए ।

त्यसो त पार्टीभित्र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुको फरक मत रह्यो, यो उपयुक्त थिएन’, अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा उनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित किन अनुमोदन गर्नु पर्यो भन्ने विषयमा प्रष्ट पार्ने प्रयास गरेका थिए । उनले सोही प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गर्ने भएका छन् ।

एमसीसीका बारेमा केन्द्रीय कमिटी बैठकमा पनि प्रष्ट पार्नुपर्ने भएकाले पोलिटब्यूरोमा पनि यो विषयमा छलफल होस् भन्दै खनालले गल्ती गरेको बताएका थिए । राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने तयारी भएको उल्लेख गरेका छन् । ‘जस्ताको त्यस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे, हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं।

त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं,’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन् । उनले प्रतिवेदनभित्र खनाललाई गाली नगरेको भएपनि बोल्ने क्रममा भने खनालको शैली ठीक नभएको बताएका थिए । ‘पार्टीभित्र अराजब हुनुहुँदैन भन्ने हाम्रो मान्यता रहेको छ’, अध्यक्ष नेपालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

अध्यक्ष नेपालले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन् । ‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकासमा अस्थिरताका कालाबादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको शिकार बनिरहेको भन्दै अप्रत्यक्ष रुपमा एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गरेर प्रतिवेदनमा चुनाव हुन्छ कि हुँदैन ? पाँच दलीय गठबन्धन टुट्छ कि टुट्दैन ? भन्ने जस्ता प्रश्न उठाउने गरेको विषयलाई पनि उल्लेख गरेका छन् ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं, कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं, यस्तो स्थिति अब रहिरहनु हुँदैन गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ,’ नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register