दशैंमा घर पोत्नका लागि कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं । हुम्लामा दशैंमा घर पोत्नका लागि सेतो कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका-३ का २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्ल छन् । घटना बुधबार बिहान ८ बजेतिरको हो । उनीहरु सोही वडाको औलस्थित सियाणी खोलामा घर पोत्नका लागि चाहिने सेतो कमेरो खन्न गएका थिए […]

Oct 2, 2024 - 08:33
 0
दशैंमा घर पोत्नका लागि कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं । हुम्लामा दशैंमा घर पोत्नका लागि सेतो कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका-३ का २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्ल छन् । घटना बुधबार बिहान ८ बजेतिरको हो ।

उनीहरु सोही वडाको औलस्थित सियाणी खोलामा घर पोत्नका लागि चाहिने सेतो कमेरो खन्न गएका थिए । ठूलो ओडारभित्र खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरूसँगै गएका २६ वर्षीय लालबहादुर शाही भने घाइते भएका छन् ।

अहिले शव पालिकामा राखिएको छ । पोस्टमार्टमका लागि सिमकोटबाट चिकित्सकको टोली ताँजाकोटतर्फ लागेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register