काठमाडौं प्रशासनको सक्रियता, धमाधम राहत वितरण

काठमाडौं । बाढी पहिरोका कारण आफन्त गुमाएका पीडितलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमाधम राहत वितरण गर्न थालेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रभावित क्षेत्रमा आफैँ पुगेर धमाधम राहत वितरण गर्न थालेका हुन् । यसै क्रममा बुधबार काठमाडौको दक्षिणकालीमा पुगेर प्रजिअ आचार्यले वाढी पहिरोका कारण आफन्त गुमाएका २ परिवारलाई २ लाखका दरले ४ […]

Oct 2, 2024 - 13:19
 0
काठमाडौं प्रशासनको सक्रियता, धमाधम राहत वितरण

काठमाडौं ।


बाढी पहिरोका कारण आफन्त गुमाएका पीडितलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमाधम राहत वितरण गर्न थालेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रभावित क्षेत्रमा आफैँ पुगेर धमाधम राहत वितरण गर्न थालेका हुन् ।

यसै क्रममा बुधबार काठमाडौको दक्षिणकालीमा पुगेर प्रजिअ आचार्यले वाढी पहिरोका कारण आफन्त गुमाएका २ परिवारलाई २ लाखका दरले ४ लाख विरण गरका छन् । यसैगरी आचार्यले दक्षिणकालीमा नै घर भत्केकका ५ परिवारलाई राहत स्वरुप प्रति परिवार १५ हजारका दरले वितरण गरेका छन् ।

प्रजिअ आचार्य बुधबार नै चन्द्रागिरी क्षेत्रमा पुगेर एकै परिवारका दुई जनाको मृत्यु भएकाका पीडित परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ वितरण गरेका छन् भने सोही क्षेत्रमा पनि घर भत्किएका परिवारलाई २० हजार राहत वितरण गरिएको छ ।


यसैगरि प्रजिअ आचार्यले बाढी पहिरोबाट घाइते भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाहरुलाई भेटेर स्वास्थ्यको बारेमा जानकारी लिदै प्रभावकारी उपचार गर्न अस्पताललाई निर्देशन दिए । सरकारले बाढी पहिरोमा परि घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register