झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण प्रतिकार्य अभ्यास

भद्रपुर, १६ असोज । झापाको भद्रपुरमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको छ । भद्रपुर–६ स्थित शान्ति चोकमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको हो । सडक दुर्घटनाका जोखिमलाई न्यूनीकरण [...] The post झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण प्रतिकार्य अभ्यास appeared first on Jhapa Online.

Oct 2, 2024 - 17:22
 0
झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण प्रतिकार्य अभ्यास

भद्रपुर, १६ असोज । झापाको भद्रपुरमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको छ ।

भद्रपुर–६ स्थित शान्ति चोकमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको हो ।

सडक दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्ने, दुर्घटनापछि प्रभावकारी उद्धार, राहत कार्य गर्ने तथा सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले अभ्यास गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो ।

‘डेमो’ प्रदर्शनमा सवारी दुर्घटनाको समयमा ठूलो संख्यामा यात्रु घाइते हुने र सवारी साधनभित्र च्यापिएका घाइतेहरूको उद्धार गर्ने तरिकाहरू, उद्धारपछि प्राथमिकीकरण र प्राथमिक उपचार गर्ने विधिहरू प्रदर्शन गरिएको थियो ।

प्रतिकार्य अभ्यास कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपालको भौगोलिक अवस्थाका कारण सडक दुर्घटना गम्भीर समस्या बनेको बताउँदै सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा शीघ्र उद्धार र राहत कार्यमा सुरक्षा निकायहरू बीच सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले यस प्रकारको अभ्यासले सवारी दुर्घटनाको समयमा कसरी प्रभावकारी उद्धार कार्य गर्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै भविष्यमा हुन सक्ने सवारी दुर्घटनामा प्रतिकार्य, उद्धार, तथा सुरक्षा कार्यहरू अझ परिष्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख सेनानी प्राजु बस्न्यात, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, र झापा जिल्ला रेडक्रसका अध्यक्ष लोकराज ढकाल लगायतले यस प्रकारका अभ्यासले दुर्घटनाको जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

The post झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण प्रतिकार्य अभ्यास appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register