नेपाली सम्मिलित आप्रवासी टोलीमाथि मेक्सिकन सेनाले गोली चलायो, ६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको सेनाले नेपाली सम्मिलित आप्रवासी टोलीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको ३३ जना सवार गाडीमा सेनाले गोली चलाउँदा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आप्रवासीहरु इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका रहेको रक्षा मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । मारिएका आप्रवासीको राष्ट्रियता भने […]

Oct 3, 2024 - 12:17
 0
नेपाली सम्मिलित आप्रवासी टोलीमाथि मेक्सिकन सेनाले गोली चलायो, ६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको सेनाले नेपाली सम्मिलित आप्रवासी टोलीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको ३३ जना सवार गाडीमा सेनाले गोली चलाउँदा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

आप्रवासीहरु इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका रहेको रक्षा मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । मारिएका आप्रवासीको राष्ट्रियता भने खुलाइएको छैन ।

मंगलबार साँझ ग्वाटेमाला नजिकको सिमानामा भएको घटनामा अन्य १० आप्रवासी घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

एकदमै तीव्र गतिमा गुडिरहेको आप्रवासी सवार पीक अप गाडीलाई गस्तीमा रहेको टोलीले देखेको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा सेनाले विष्फोटको आवाज सुनेपश्चात गोली चलाएको उल्लेख गरिएको छ । गोली प्रहार गर्ने सैनिकलाई भने ड्युटीबाट हटाइएको विज्ञप्तिमा जनाइएको छ ।

पुलिस रिपोर्टका अनुसार चियापासको दक्षिणी क्षेत्रमा भएको घटनामा आर्मी चेकप्वाइन्टमा गाडी नरोकिएपछि त्यसलाई सेनाले पछ्याएको र गोली प्रहार गरेको रोयर्टसले जनाएको छ ।

४ जनाको घटनास्थलमै र घाइते १२ मध्ये २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पनि जनाइएको छ । बचेका १७ जनालाई आप्रवासी निकायसमक्ष हस्तान्तरण गरिएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयले सो घटनाको छानबिन गर्ने जनाएको छ । आप्रवासी हरेक वर्ष बस, लरी र ट्रेनमार्फत् मेक्सिको हुँदै अमेरिका पुग्न प्रयास गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register