इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि हट्दैनन् : खामेनी

बेरुत । इरानका सर्वोच्च नेताले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले विभिन्न स्थानमा गरेको आक्रमणको बदलामा इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहलगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भएपछिको यो पहिलो सम्बोधन हो […]

Oct 4, 2024 - 14:45
 0
इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि हट्दैनन् : खामेनी

बेरुत । इरानका सर्वोच्च नेताले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।

इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले विभिन्न स्थानमा गरेको आक्रमणको बदलामा इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहलगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भएपछिको यो पहिलो सम्बोधन हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमण गरेको करिब एक वर्षपछि इजरायलले लेबनानसँगको आफ्नो सीमा सुरक्षामा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।

फारसी भाषी इरानमा हजारौँको भीडलाई सम्बोधन गर्दै उनले अरबी भाषामा भने, “यस क्षेत्रको प्रतिरोध समूहले यी शहादतहरूबाट पछि हट्नेछैन र जित्नेछ।” तेहरानले नसरल्लाह र अन्य शीर्ष नेताको हत्याको बदलामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले हिजबुल्लाहविरूद्ध आक्रमण गरिरहेको बेला उक्त सम्बोधन आएको हो ।

खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा गरे । लेबनानमा जारी हिंसाको तत्काल अन्त्य नहुने हो कि भन्ने डर लेबनानका मानिसहरुमा देखिएको छ । बेरुतकी ३५ वर्षीया विस्थापित नर्स फातिमा सालाहले भने, “मानिसहरु हाम्रा बालबालिकाका लागि डराएका छन् र यो युद्ध लामो हुनेछ ।”

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले इजरायलमाथि आक्रमण गर्नेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इरानले यदि इजरायलले जवाफी हमला गरेमा आफ्नो प्रतिक्रिया बढाउने बताएको छ ।

इरानले प्रहार गरेका २०० क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायलले रोकेको छ, यद्यपि यस आक्रमणले इजरायलमा अझै हिंसा हुने डर पैदा गरेको छ। अमेरिकी राष्ट्रपति बाइडनले मध्यपूर्वमा जारी युद्धबाट बच्न सकिने तर अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । उनले संयुक्त राज्य अमेरिकाले इरानी तेल प्रशोधन केन्द्रहरूमा इजरायलको सम्भावित आक्रमणको बारेमा ‘छलफल’ गरिरहेको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register