बेक्सली नेपाली समाज युकेले नृत्य सिजन २ घोषणा

बेक्सली नेपाली समाज युकेले भर्खरै एउटा नृत्य पाइलट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेपछि फेरी, नृत्य सिजन २ घोषणा गर्न पाउँदा अत्याधिक खुसी महसुस गरेको छ।
“A-Star Financial Solutions ले दिएको आर्थिक सहयोग का कारणले यो कार्यक्रम फेरी पनि आयोजना गर्न सकिएको हो। यसरी हाम्रो समाजलाई प्रोत्सान गर्न अगाडि आउने सम्पूर्ण व्यवसायीहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं, र आउदा दिनहरुमा यसरि नै अरु व्यवसायीहरुले पनि हाम्रा समाजमा यस्ता अरु पनि धेरै कार्यक्रमहरु आयोजना गर्न समाजलाई मदत गर्नुहुन्छ भन्ने हामीले आशा लिएका छौं,” बेक्सली नेपाली समाजका अध्यक्षले भने।
नृत्य सिक्न चाहने इच्छुक सम्पूर्ण महिला साथीहरूलाई शीघ्र बेक्सली समाज यूकेलाई सम्पर्क गर्न अनुरोध गर्दै, कार्यक्रममा सिमित ठाउँ रहेको हुँदा जसले पहिला सम्पर्क गर्नुहुन्छ उहाँलाई प्राथमिकता दिने कार्यक्रमका आयोजक दिपेन सिटौलाले बताउनुभयो।
नृत्य सिजन २ जनवरी २०२२ को ९ तारिख देखि सुरु हुँदैछ ।
Photos from the previous dance show:
What's Your Reaction?






