कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सबैभन्दा सस्तो गोलभेँडा

Jun 14, 2023 - 04:16
 0
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सबैभन्दा सस्तो गोलभेँडा
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सबैभन्दा सस्तो गोलभेँडा

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । 

मूल्य सूची अनुसार आज सानो गोलभेँडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवी सबैभन्दा महँगो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भने गोलभेँडा (नेपाली), लाम्चो भन्टा, घिरौँला, चिचिन्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा (भारतीय), तने बोडी, हाइब्रिड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

यसैगरी, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटर कोसा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.