प्रचण्ड भन्छन्- सहकारी ठगी प्रकरणमा रवि निर्दोष नै छन्

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको उल्लेख गर्दै उनले भने, “उहाँ दोषी हुनुहुन्न भन्ने कुरा प्रतिवदेनले नै भनेको […]

Oct 6, 2024 - 13:41
 0
प्रचण्ड भन्छन्- सहकारी ठगी प्रकरणमा रवि निर्दोष नै छन्

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको उल्लेख गर्दै उनले भने, “उहाँ दोषी हुनुहुन्न भन्ने कुरा प्रतिवदेनले नै भनेको हो, मैले भनेको होइन । यसभन्दा बढी मैले केही भन्दिनँ ।”

यद्यपि, गोर्खा मिडिया प्रालि जोडिएको कतिपय सन्दर्भमा लामिछानेमाथि छानबिन गर्न सकिने उनले बताए । त्यो प्रतिवदेनले नै बोलेको उल्लेख गर्दै आफूले धेरै नबोल्ने बताए ।

फरक प्रसङ्गमा प्रचण्डले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढी, पहिरो तथा डुबान पीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनले सुनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register