बाढीले कोशीमा ४ अर्ब ६३ करोड बढीको क्षति

झापा, २० असोज । असोज महिनामा आएको अविरल वर्षा तथा बाढीका कारण पूर्वाधारतर्फ कोशी प्रदेशमा ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको छ । असोज महिनामा १० गतेदेखि तिन दिनसम्म आएको वर्षा तथा बाढीले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत निर्मित सडक, पुल तथा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मन्त्रालयले आज विराटनगरमा [...] The post बाढीले कोशीमा ४ अर्ब ६३ करोड बढीको क्षति appeared first on Jhapa Online.

Oct 6, 2024 - 14:58
 0
बाढीले कोशीमा ४ अर्ब ६३ करोड बढीको क्षति

झापा, २० असोज । असोज महिनामा आएको अविरल वर्षा तथा बाढीका कारण पूर्वाधारतर्फ कोशी प्रदेशमा ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको छ ।

असोज महिनामा १० गतेदेखि तिन दिनसम्म आएको वर्षा तथा बाढीले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत निर्मित सडक, पुल तथा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै वर्षाका कारण सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, सङ्खुवासभा, ओखलढुङ्गा तथा खोटाङ जिल्लाका सडक, पुल तथा झोलुङ्गे पुलमा अविरल वर्षाले पुर्याएको क्षतिका विवरण सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले वर्षा र बाढीका कारण कोशी प्रदेशको विभिन्न जिल्लामा रहेका सडक, पुल तथा झोलुङ्गे पुलमा १ अर्ब २ करोड ५० लाख बराबरको आंशिक क्षति भएको तथा आंशिक र पूर्ण क्षतिको विवरण जोड्दा कोशी प्रदेशमा ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले आंशिक क्षति भएका सडक, पुल तथा झोलुङ्गे पुललाई पुन मर्मत गर्दै तत्कालै यातायातका साधनहरू सञ्चालन गर्न सकिने भएकाले सोही अनुसार काम भइरहेको बताउनुभयो ।

The post बाढीले कोशीमा ४ अर्ब ६३ करोड बढीको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register