चौथो वर्षमा शब्दपत्र, मनायो वार्षिकोत्सव

चारपाने, १७ असोज । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ । चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र बितरण गरेको छ । शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा [...] The post चौथो वर्षमा शब्दपत्र, मनायो वार्षिकोत्सव appeared first on Jhapa Online.

Oct 3, 2024 - 15:14
 0
चौथो वर्षमा शब्दपत्र, मनायो वार्षिकोत्सव

चारपाने, १७ असोज । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ ।

चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र बितरण गरेको छ । शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदन–प्रदानसहित वार्षिकोत्सव मनाइएको थियो ।

कार्यक्रममा सनलाइट ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखाका प्रमुख विनोद राई, र मास ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखा प्रमुख विकास रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका अध्यक्ष वालकृष्ण गिरी, सञ्चालक पावर्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती र सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीलाई समेत प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रममा अनलाइनका सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम स्वागत गर्दै सम्पादक पुरीले सवैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए ।

कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक उमेश भारतीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य सुरेन्द्र भण्डारी, नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका झापा सचिव तथा पतालगंगा साकोसका अध्यक्ष युवराज गिरी, समाजसेवी बासु दुलाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियार, सञ्चालिका समुह झापाकी अध्यक्ष लीला अनमोल, मिडियो नेपालका अध्यक्ष रन्जित प्रसाई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, शब्दपत्रका सल्लाहकार इन्द्रमणि पौडेल, खेलकूद पत्रकार मञ्च तथा फोटो पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजित मुखिया, श्री रामजानकी साकोसका ब्यवस्थापक शुक्रराज भण्डारीलगायतको आतिथ्य रहेको थियो । यस्तै पत्रकार दिपिन राई, उमाकान्त खनाल, गोपाल काफ्ले, बिशाल नेम्वाङ, प्रेम आचार्य, झुलन रेग्मी, सन्तोष न्यौपाने, रन्जित परियार, बिनोद पाण्डे, भरत प्रसाई, देबेन्द्र प्रसाई, इन्दु पूर्वेली, सन्तोष शर्मा, इन्द्रसिंह राजवंशी, सरोज पौडेल, सिएम शर्मा, पुष्प बाराल, केशव भट्टराई, भरत प्रसाईलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

२०७८ साउन पहिलो साताबाट सञ्चालनमा आएको शब्दपत्रको औपचारिक उद्घाटन असोज २१ गते बिहीवारका दिन पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

The post चौथो वर्षमा शब्दपत्र, मनायो वार्षिकोत्सव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register