हमासको आक्रमणमा परेका इदान श्टिवीको मृत्यु भएको पुष्टि

काठमाडौं । सुपरनोभा म्युजिक फेस्टिभलमा उपस्थित भएका इदान श्टिवीको प्यालेस्टिनी अतिवादी समूह हमासको नियन्त्रणमै मृत्यु भएको छ । स्टेजेस र मिसिङ फेमिलिज् फोरमले २८ वर्षिय श्टिवी मारिएको जनाउँदै शव पनि हमासकै नियन्त्रणमा रहेको बताएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले इजारायलमा आक्रमण गरेपछि इदानलाई नियन्त्रणमा लिएको तर उनी त्यतिबेलै मारिएको फोरमले जनाएको छ । […]

Oct 7, 2024 - 08:41
 0
हमासको आक्रमणमा परेका इदान श्टिवीको मृत्यु भएको पुष्टि

काठमाडौं । सुपरनोभा म्युजिक फेस्टिभलमा उपस्थित भएका इदान श्टिवीको प्यालेस्टिनी अतिवादी समूह हमासको नियन्त्रणमै मृत्यु भएको छ ।

स्टेजेस र मिसिङ फेमिलिज् फोरमले २८ वर्षिय श्टिवी मारिएको जनाउँदै शव पनि हमासकै नियन्त्रणमा रहेको बताएको छ ।

गत वर्ष ७ अक्टोबरमा हमासले इजारायलमा आक्रमण गरेपछि इदानलाई नियन्त्रणमा लिएको तर उनी त्यतिबेलै मारिएको फोरमले जनाएको छ । आक्रमणको दौरान उनले २ अज्ञात व्यक्तिलाई क्याम्पबाट भाग्न सहयोग गर्दै थिए । तर, उनको आफ्नै गाडी आक्रमणमा परेको थियो ।

यद्यपी, उनको मृत्यु भएको अहिले आएर पुष्टि भएको हो ।  फोरमले उनलाई सहयोगी र निस्वार्थ सेवा प्रदान गर्ने व्यक्ति भनेको छ ।

हमासले सो आक्रमणपछि २५१ जनालाई अपहरण गरेको थियो । जसमध्ये ११७ जना रिहा भएका छन् । ३७ जनाको मृत्यु भएको छ भने ९७ जनाको अवस्था अज्ञात छ । ६४ जना जिउँदै रहेको विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register