हंस बहुउद्देश्यीय सहकारीद्वारा विजयनगरमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न 

काठमाडौँ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले २१औं वार्षिक साधारणसभाको अवसरमा विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विजयनगर सेवा केन्द्र अन्तर्गतका सेयर सदस्य र स्थानीय बासिन्दालाई लक्षित गरी दन्त सेवा प्रदान गरिएको थियो । […]

Oct 7, 2024 - 09:01
 0
हंस बहुउद्देश्यीय सहकारीद्वारा विजयनगरमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न 

काठमाडौँ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले २१औं वार्षिक साधारणसभाको अवसरमा विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विजयनगर सेवा केन्द्र अन्तर्गतका सेयर सदस्य र स्थानीय बासिन्दालाई लक्षित गरी दन्त सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारी संस्था आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने भएकाले यो निःशुल्क दन्त परिक्षण कार्यक्रमले समाजप्रति संस्थाको चासो झल्काएको बताए । उनले सहकारीले सामाजिक सेवामा थप योगदान दिने योजना रहेको उल्लेख गरे ।

त्यस्तै, चितवन हिमाल डेन्टल प्रा.लि. का व्यवस्थापक जयराम जोशीले सहकारीको यो प्रयासलाई प्रशंसा गर्दै आफ्नो क्लिनिकले हंस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरूलाई दाँत उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्दै आइरहेको बताए ।

कार्यक्रममा १७२ जनाको दन्त परिक्षण गरिएको थियो । जसमध्ये ५२ जनाको दाँतको एक्सरे, ३२ जनाको दाँत सफा, ४० जनाको बिग्रिएको दाँत निकालिएको र २५ जनाको दाँत भरेर उपचार गरिएको हंस बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा डा. मिरु श्रेष्ठ, विजयनगर सेवा केन्द्रका प्रमुख श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन उपसमितिका सदस्यहरू विष्णु भट्ट, ईश्वरी देवी अधिकारी, शकर अधिकारी, रमा ढुङ्गाना र संस्थाका लेखा शाखा प्रमुख नविना अधिकारीको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register