सीमामा तालिमप्राप्त कुकुरबाट निगरानी : मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर बरामद

बनियानी, २२ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ । मलद्वारमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनीहरुलाई सोमबार साँझ तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का २८ वर्षीय श्यामबहादुर लोप्चन र झापा बुद्धशान्ति गाउँपालिका–३ का २३ वर्षीय रोजन राजवंशी रहेको [...] The post सीमामा तालिमप्राप्त कुकुरबाट निगरानी : मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर बरामद appeared first on Jhapa Online.

Oct 8, 2024 - 04:50
 0
सीमामा तालिमप्राप्त कुकुरबाट निगरानी : मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर बरामद

बनियानी, २२ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

मलद्वारमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनीहरुलाई सोमबार साँझ तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का २८ वर्षीय श्यामबहादुर लोप्चन र झापा बुद्धशान्ति गाउँपालिका–३ का २३ वर्षीय रोजन राजवंशी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो ।

मेचीनगर–६ मेचीपुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट तालिमप्राप्त कुकुरसहित टोली र लागुऔषध अनुसन्धान ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लेप्चनसँग ३५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनले मलद्वारमा लुकाई ब्राउनसुगर ल्याएका हुन् ।

त्यसैगरी, सोही टोलीले मलद्वारमा लुकाएर एक ग्राम ५६० मिलिग्राम ब्राउनसुगर ल्याउँदै गरेको अवस्थामा बुद्धशान्तिका राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रनाउ विष्टले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएसँगै लागुऔषधसहित धमाधम मानिस पक्राउ पर्न थालेका छन् ।

पछिल्लो लागुऔषध प्रयोगकर्ता र कारोबारीले विभिन्न उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका छन् । शरीरको विभिन्न अंग, चामल–तरकारीका झोला, मोटरसाइकलको हेल्मेट, ट्यांकी, लुकिङ ग्लास, साइकलको घण्टी, टोपी लगायतका स्थानमा लुएकार लागुऔष भित्र्याउने गरेको प्रहरीले जनाएको छ ।

The post सीमामा तालिमप्राप्त कुकुरबाट निगरानी : मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register