राजवंशी साहित्य विमोचित

भद्रपुर, २२ असोज । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गरेका छन् । कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र (राजवंशी संग्रहालय) मा एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गरेका हुन् । राजवंशी साहित्य [...] The post राजवंशी साहित्य विमोचित appeared first on Jhapa Online.

Oct 8, 2024 - 17:34
 0
राजवंशी साहित्य विमोचित

भद्रपुर, २२ असोज । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गरेका छन् ।

कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र (राजवंशी संग्रहालय) मा एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गरेका हुन् ।

राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको उक्त पुस्तकको विमोचनमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशी लगायत सहभागी थिए । राजवंशी समाज विकास समितिद्वारा असोज २२ गते आयोजित सो कार्यक्रममा २०८१ सालको जात्रा पावनीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको संजीव प्रधानले जानकारी दिए ।

त्यस अघि असोज २१ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई नेतृत्वमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी सहभागी टोलीले बिरिङ खोलाको बाढीबाट क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गरेको थियो ।

प्राविधिक सहितको सो टोलीले हालैको बाढीले शनिश्चरे—खुदुनाबारी–इलाम जोड्ने सडक र त्यसमा पर्ने बिरिङ पुलमा भएको क्षतिको स्थलगत अनुगमन गरेको हो । अनुगमन टोलीमा पूर्वमुख्यमन्त्री उद्धव थापा, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, भौतिक पूर्वाधार कार्यालय–झापाका डीई. राजेश्वर महतो, इन्जिनीयर उत्तम खरेल सहभागी थिए ।

सो टोलीले बाढीका कारण जिल्लामा अन्य क्षेत्रमा भएका क्षतिको पनि अनुगमन गरी पुनर्निर्माण र व्यवस्थापनका लागि आवश्यक लागत अनुमान गर्ने बताइएको छ ।

The post राजवंशी साहित्य विमोचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register