मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रामपुर । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको […]

Oct 9, 2024 - 06:07
 0
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रामपुर ।

पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताए।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन्। निजको सोही कलेजमा उपचार भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register