राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि…

काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्म मार्फत सङ्रहित […]

Oct 9, 2024 - 10:03
 0
राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि…

काठमाडौं ।

गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्- ‘यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्म मार्फत सङ्रहित गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले, यो सुचित गरिन्छ की तपाइले राख्नु भएको मेरो गितहरु तुरुन्त डिलिट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु !’

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register