दशैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

काठमाडाैं । बडादशैँको अवसरमा घर बिदा जाने नेपाली सेनाका सकलदर्जा तथा तिनका आश्रित परिवारजनलाई सैनिक कल्याणकारी कार्य अन्तर्गत १८ गतेबाट विभिन्‍न स्थानहरुमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाइ) सञ्चालन गरिएको छ । सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा बसमार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई […]

Oct 9, 2024 - 12:43
 0
दशैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

काठमाडाैं ।

बडादशैँको अवसरमा घर बिदा जाने नेपाली सेनाका सकलदर्जा तथा तिनका आश्रित परिवारजनलाई सैनिक कल्याणकारी कार्य अन्तर्गत १८ गतेबाट विभिन्‍न स्थानहरुमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाइ) सञ्चालन गरिएको छ ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा बसमार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म १९५१ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधामार्फत यात्रा गरिसकेका छन् । यो सुविधा आगामी आश्विन २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवालारभू.पू.सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register