रसायनशास्त्र तर्फको नोबेल पुरस्कार बेकर, हसबिस र जम्परलाई

काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परले पाउने भएका छन् । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकर, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परले सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन । उनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि […]

Oct 9, 2024 - 15:09
 0
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार बेकर, हसबिस र जम्परलाई

काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परले पाउने भएका छन् ।

कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकर, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परले सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन ।

उनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसअघि  भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन जे. हपफिल्ड र जेफ्री ई. हिन्टनलाई दिने घोषणा गरिसकिएको छ ।

बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register