झापाको भद्रपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

भद्रपुर, २५ असोज । बिहीबार राति झापा भद्रपुर नगरपालिका वडा नम्बर १० हनुमान चोकस्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चारआलीबाट चन्द्रगढी तर्फ आउदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको [...] The post झापाको भद्रपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

Oct 11, 2024 - 03:30
 0
झापाको भद्रपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

भद्रपुर, २५ असोज । बिहीबार राति झापा भद्रपुर नगरपालिका वडा नम्बर १० हनुमान चोकस्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चारआलीबाट चन्द्रगढी तर्फ आउदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

प्रदेश १–०१–०१४ प ९९३ नम्वरको मोटरसाइकल चालक सोही स्थानका त्रिलोक भण्डारीको छोरा २४ वर्षीय आलोक भण्डारी गम्भीर घाइते भइ ओमसाई अस्पताल भद्रपुरमा पठाइएकोमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय बिपान्सु राउतको शरीरको विभिन्न भागमा चोट ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारई भइरहेको अवस्था मध्यम रहेका छ ।

अर्को मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का कविराज गिरीको छोरा वर्ष २५ को संजिप गिरीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको भद्रपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register