बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

कैलाली । दशैंका बेला परिवारमा बसेर रमाइला गर्नु पर्ने बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीलाई बञ्चरो […]

Oct 11, 2024 - 14:43
 0
बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

कैलाली ।


दशैंका बेला परिवारमा बसेर रमाइला गर्नु पर्ने बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

कैलालीको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीलाई बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बञ्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ । हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register