हिजो खुलेको बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाडौं । १४ दिनपछि हिजो खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या छ । हिजो बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो । फेरि खुलेपछि जोअम रहेको भन्दै सकेसम्म त्यो बाटो यात्रा नगर्न आग्रह गरिएको छ । सडक […]

Oct 12, 2024 - 05:49
 0
हिजो खुलेको बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाडौं । १४ दिनपछि हिजो खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या छ ।

हिजो बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो । फेरि खुलेपछि जोअम रहेको भन्दै सकेसम्म त्यो बाटो यात्रा नगर्न आग्रह गरिएको छ ।

सडक माथिबाट सुक्खा पहिरो झरीरहेकाले यो सडकबाट जोखिमपूर्ण यात्रा नगर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ । पहिरोले पुरेको एउटा जीप र बस निकालिएको छ ।

बस निकाल्न गएको एस्काभेटर पनि पहिरोमा पुरिएको थियो । पहिरोले गाडीमा क्षति पुगे पनि मानविय क्षति भने हुन पाएको थिएन ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register