आजदेखि नवरात्री सुरु : शक्तिपीठमा श्रद्धालुको घुइँचो (तस्वीरहरु)

पहिलो दिन अर्थात् घटस्थापनाको दिन, शैलपुत्री देवीको पुजा आराधना गरिन्छ। शैलपुत्रीलाई हिमालयकी पुत्रीका रूपमा पुजिन्छ।

Oct 3, 2024 - 02:53
 0
आजदेखि नवरात्री सुरु : शक्तिपीठमा श्रद्धालुको घुइँचो (तस्वीरहरु)

काठमाडौँ। हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो चाड दशैं आजबाट सुरु भएको छ। आश्विन शुल्क प्रतिपदा देखि आश्विन पुर्णिामा सम्म मनाइने दशैंको मुख्य आकर्षण नवरात्रि, अर्थात् नौ दिनसम्म चल्ने दुर्गा पूजा हो।

नवरात्रिका नौ दिनहरूलाई असत्य माथि सत्यको विजयको प्रतीकको रूपमा मानिन्छ, जसमा देवी दुर्गाका नौ रूपहरूको  पूजा गरिन्छन्।

पहिलो दिन अर्थात् घटस्थापनाको दिन, शैलपुत्री देवीको पुजा आराधना गरिन्छ। शैलपुत्रीलाई हिमालयकी पुत्रीका रूपमा पुजिन्छ। यस दिन घरघरमा जमरा राख्ने परम्परा छ।

आज काठमाडौँ उपत्यका लगायत देस भरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। काठमाडौँको नक्साल, मैतीदेवी, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा बिहानै देखि  दर्शनार्थीको भिड लागेको छ। आज बिहानै देखि परेको झरिले भने दर्शन गर्न केहि असहज बनाएको छ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register