जलवायु परिवर्तनको कारण मनसुनी प्रणालीमै फेरबदल

काठमाडौं । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल आएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूको भनाइ छ । जलवायुविद् मञ्जित ढकाल मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन् । यसलाई जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने […]

Oct 13, 2024 - 07:57
 0
जलवायु परिवर्तनको कारण मनसुनी प्रणालीमै फेरबदल

काठमाडौं । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल आएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूको भनाइ छ ।

जलवायुविद् मञ्जित ढकाल मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन् । यसलाई जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने उनी बताउँछन् ।

यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको भनाइ छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए ।

दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको उनले बताए । ‘जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,’ इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।

मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्ने बताए । जलवायु परिवर्तन असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको पनि बुझाइ छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register