बाबा सिद्दिकीको हत्या: लरेन्स गिरोहले लियो जिम्मेवारी, ४० दिनदेखि गरिरहेका थिए रेकी

काठमाडौं । भारतको अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको थियो । गुजरातको साबरमती जेलमा रहेका लरेन्स बिश्नोईको गिरोहले घटना भएको २८ घण्टापछि सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी लिएको छ । सिद्दिकीमाथि हिजो राति करिब ९ः३० बजे बान्द्राको खेर नगरमा विधायक छोरा जीशानको कार्यालय बाहिर ३ […]

Oct 13, 2024 - 08:33
 0
बाबा सिद्दिकीको हत्या: लरेन्स गिरोहले लियो जिम्मेवारी, ४० दिनदेखि गरिरहेका थिए रेकी

काठमाडौं । भारतको अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको थियो ।

गुजरातको साबरमती जेलमा रहेका लरेन्स बिश्नोईको गिरोहले घटना भएको २८ घण्टापछि सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी लिएको छ ।

सिद्दिकीमाथि हिजो राति करिब ९ः३० बजे बान्द्राको खेर नगरमा विधायक छोरा जीशानको कार्यालय बाहिर ३ जना बदमाशले गोली हानेका थिए ।

स्रोतकाअनुसार अटोमा आएका ३ बन्दुकधारीले दुई बन्दुकबाट ६ राउण्ड फायर गरेका थिए । बाबालाई तीनवटा गोली लागेको थियो । उनको पेटमा र १ गोली छातीमा लागेको थियो । तीनै जनाले मुखमा रुमाल बाँधेका थिए ।

सिद्दिकीले वाई सेक्युरिटी पाएका थिए तर उनीसँग कोही पनि प्रहरी थिएनन् । सडक बत्ती र सिसिटिभी पनि बन्द गरिएको थियो । दोस्रो गोली प्रहार गर्ने पक्राउ परेका छन् भने तेस्रो गोली प्रहार गर्नेको पनि पहिचान भएको छ । प्रहरीले उनको विभिन्न राज्यमा खोजी गरिरहेको छ ।

बाबा सिद्दिकी : राजनीति र बलिउडमा बलियो प्रभाव भएका नेता

विगत ४० दिनदेखि मुम्बईमा रहेर बन्दुकधारीहरू सिद्दिकीको घर र छोराको अफिसको खोजी गरिरहेका थिए।

सुरुदेखि नै घटनामा गुण्डा नाइके लरेन्स गिरोहको संलग्नता रहेको आशंका गरिएको थियो । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ ।

प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register