प्रभुको ‘उर्दी’- भ्रष्ट नेतालाई बहिष्कार र जनकारबाही गरौँ

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् सांसद प्रभु साहले भ्रष्ट नेतालाई बहिष्कार गर्न आह्वान गरेका छन् । दशैं, दीपावली एवम् छठ पर्वको अवसरमा बारामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो आह्वान गरेका हुन् । “समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचार हुनुहुन्न,” उनले भने, “अब भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्नुपर्छ र उनीहरूलाई […]

Oct 13, 2024 - 16:53
 0
प्रभुको ‘उर्दी’- भ्रष्ट नेतालाई बहिष्कार र जनकारबाही गरौँ

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् सांसद प्रभु साहले भ्रष्ट नेतालाई बहिष्कार गर्न आह्वान गरेका छन् ।

दशैं, दीपावली एवम् छठ पर्वको अवसरमा बारामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो आह्वान गरेका हुन् ।

“समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचार हुनुहुन्न,” उनले भने, “अब भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्नुपर्छ र उनीहरूलाई जनकारबाही गर्नुपर्छ ।”

अगाडि उनले भने, “दिनदिनै मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ । आम जनता लाचार बनेका छन् । भ्रष्ट नेताहरूकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरूले जनताको पैसा जसरी पनि लुट्ने धन्दा गरिरहेका छन् । समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरूलाई बहिष्कार गर्नपर्छ ।”

उनले ठूला दलका नेताहरू भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भइरहेको बताए ।

“मुलुक समृद्ध हुनका लागि जनता पनि यतिकै बस्नुहुन्न,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register