गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

काठमाडौं । हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । उक्त घटनाबाट आतङ्कित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीको पोर्ट सोन्डे शहरमा उक्त घटनामा कम्तीमा १६ जना गम्भीर घाइते भएको जनाएको छ । एक गिरोह र हाइटी प्रहरीबीचको गोली हानाहानकै कारण दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताइएको छ […]

Oct 5, 2024 - 05:09
 0
गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

काठमाडौं । हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । उक्त घटनाबाट आतङ्कित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीको पोर्ट सोन्डे शहरमा उक्त घटनामा कम्तीमा १६ जना गम्भीर घाइते भएको जनाएको छ ।

एक गिरोह र हाइटी प्रहरीबीचको गोली हानाहानकै कारण दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताइएको छ ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।

राष्ट्रसङ्घको मानवअधिकार विभागका प्रवक्ता थामिन अल-खितानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”हाइटीको पोन्ट सोन्डे शहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौँ । ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू छन् ।”

गत हप्ता राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register