गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । गाजाका अधिकारीहरूले एउटा विद्यालयमा इजरायली आक्रमणमा परी १५ जनाको मृत्यु भएको बताएका छन् । यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो । गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले भने, ”आक्रमण अल-मुफ्ती स्कूलमा गरिएको थियो, जहाँ गाजा वरपरका सयौं […]

Oct 14, 2024 - 06:21
 0
गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । गाजाका अधिकारीहरूले एउटा विद्यालयमा इजरायली आक्रमणमा परी १५ जनाको मृत्यु भएको बताएका छन् ।

यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो ।

गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ ।

सिभिल डिफेन्सका प्रवक्ताले भने, ”आक्रमण अल-मुफ्ती स्कूलमा गरिएको थियो, जहाँ गाजा वरपरका सयौं विस्थापित मानिसहरूले आश्रय लिएका थिए ।”

यस हमलामा एक दर्जन व्यक्तिको मृत्यु भएको थियो भने कम्तीमा ५० जना घाइते भएका थिए ।

हालै गाजाको उत्तरमा धेरै द्वन्द्व भइरहेको छ । त्यहाँ इजरायली सेनाले फिल्ड अपरेशनको भागको रूपमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register