हिलो र धुलोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ सडक कष्टकर

धादिङ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ सडक खण्ड हिलो र धुलोले कष्टकर बनेको छ । मनसुन बाहिरिएसँगै पानी नपरेको र सडकमा पहिले देखिको हिलोले एतर्फी हिड्न कठिन हुनैनेरि हिलो तथा खाडलमा पानी जमेको छ । चाडबाडको समयमा हरेक दिन १८ हजारको हाराहारी सवारी साधन चल्ने यस राजमार्ग पहिरोले थिलथिलो पारेपछि निर्माणाधीन राजमार्ग यात्रा कष्टकर […]

Oct 14, 2024 - 07:03
 0
हिलो र धुलोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ सडक कष्टकर

धादिङ ।


पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ सडक खण्ड हिलो र धुलोले कष्टकर बनेको छ । मनसुन बाहिरिएसँगै पानी नपरेको र सडकमा पहिले देखिको हिलोले एतर्फी हिड्न कठिन हुनैनेरि हिलो तथा खाडलमा पानी जमेको छ ।


चाडबाडको समयमा हरेक दिन १८ हजारको हाराहारी सवारी साधन चल्ने यस राजमार्ग पहिरोले थिलथिलो पारेपछि निर्माणाधीन राजमार्ग यात्रा कष्टकर बन्दै गएको र ठेकेदार कम्पनीले खाल्डाखुल्डी पुर्न समेत ध्यान नदिएपछि दुर्घटनासमेत थपिइरहेको छ ।
झ्याप्ले खोला, खत्रिपौवा, सिम्ले, गल्छी खैरेनी महेश दोभान, चिरिँदी, बल्खु, घाट बेसी क्षेत्र लगायतका स्थानमा बढी जोखिमपूर्ण यात्रा गर्नु पर्ने अवस्थामा पुगेको छ ।


लाइफलाइन मानिएको धादिङ खण्ड राजमार्ग साना सवारी र मोटरसाइकल यात्रामा भने हिँड्न नै नसकिने गरी बिग्रेको छ । छेउ पटी सडक क्षेत्रमा अध्यापिका धुलो छ भने भित्तापट्टी क्षेत्र हिलो र सडकमा परेको खाल्डामा पानी र लेदोले दुर्घटना समेत हुने गरेको खैरेनीका सामाजिक कार्यकर्ता नरेश खतिवडाले बताउनुभयो ।


साना तिना खाल्डा पुर्न सडक निर्माण कम्पनीले बेवास्ता गर्ने र व्यापक दबाब आए मात्र काम गरेजस्तो गर्ने गरेको पाइन्छ भने धुलो नउड्नेगरि पानी छ्याप्नुपर्नेमा यसतर्फभने वास्तै नगरेको राजमार्ग क्षेत्रका बजार बासीले बताउँदै आएका छन् ।
गरिहाल्न पर्ने काम समेत ढिला गर्ने, काम गरेको ठाउँमा माटो ढुंगा समेत नपन्छाउने आदी कारणले पनि सडकमा यात्रा गर्न अप्ठेरो भएको छ ।


सडकमा मोटरसाइकलमा यात्रा गरिरहेका उत्तम यादवले “यस्तो कष्टकर गरेर कहिल्यै कोही हिँड्न नपरोस्” भन्ने प्रतिक्रिया दिनुभएको छ । आँखामा धुलो पसेर हेर्न कठिन भएको बेला हिलो र खाल्डोले धेरै मोटरसाइकल समेत लड्ने गरेको पाइएको छ । ठाउँ ठाउँका खाल्डा खुल्की सोर्ने तथा पुर्ने र धुलो मेटाउन नियमित पानी हाल्ने काम नगरे राजमार्गको मोटरसाइकल यात्रा पार गर्न नसकिने अवस्थामा रहेको मोटरसाइकल चालकहरूको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register