बमको धम्कीपछि मुम्बईबाट न्यूयोर्कका लागि उडेको विमान अवतरण, दुई उडान रोकियो

काठमाडौं । सोमबार भारतको मुम्बईबाट उडेको विमानमा बमको धम्की दिइएको छ । एयर इन्डियाको पहिलो उडान मुम्बईबाट न्यूयोर्क जाँदै थियो । सूचना प्राप्त हुनासाथ विमानलाई दिल्लीतर्फ मोडिएको छ । विमान हाल दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको छ । विमानमा २३९ यात्रु सवार छन् । साथै, थप दुई विमानमा बम रहेको धम्की आएको छ […]

Oct 14, 2024 - 07:01
 0
बमको धम्कीपछि मुम्बईबाट न्यूयोर्कका लागि उडेको विमान अवतरण, दुई उडान रोकियो

काठमाडौं । सोमबार भारतको मुम्बईबाट उडेको विमानमा बमको धम्की दिइएको छ । एयर इन्डियाको पहिलो उडान मुम्बईबाट न्यूयोर्क जाँदै थियो । सूचना प्राप्त हुनासाथ विमानलाई दिल्लीतर्फ मोडिएको छ ।

विमान हाल दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको छ । विमानमा २३९ यात्रु सवार छन् । साथै, थप दुई विमानमा बम रहेको धम्की आएको छ ।

जसमा उडान इन्डिगोको 6E-1275 छ, यो मुम्बईबाट मस्कट जाँदै थियो । तेस्रो उडान इन्डिगोको को 6E 56 हो । जुन मुम्बईबाट जेद्दा जाँदै थियो । यी दुवै विमानलाई आइसोलेसन बेमा राखेर परीक्षण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले सबै यात्रुलाई विमानबाट उतारिएको छ । यहाँ मुम्बई-हावडा मेललाई पनि बम बिष्फोट गर्ने धम्की दिइएको थियो । तर, छानबिनपछि ट्रेन पठाइएको थियो।

पछिल्लो ५ दिनमा विमानमा बमको धम्कीको यो दोस्रो घटना हो । अक्टोबर ९ मा पनि लण्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको उडान युके १८ मा बम रहेको जानकारी आएको थियो ।

उडान दिल्ली पुग्न करिब साढे ३ घण्टा अघि एक यात्रुले विमानको शौचालयमा धम्कीपूर्ण टिस्यू पेपर देखेका थिए । उनले चालक दलका सदस्यलाई जानकारी गराए । विमानमा करिब ३ सय यात्रु र चालक दलका सदस्य सवार थिए । सुरक्षा जाँचका कारण करिब ५ घण्टा यात्रु विमानस्थलमै अलपत्र परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register