हल सञ्चालकसँग जङ्घिए निश्चल, भने- अकुपेन्सी ‘आलु’ हुँदा पनि हिन्दी फिल्मलाई नै शो दिइराख्नू

काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेत हल सञ्चालकहरूसँग जङ्घिएका छन् । अहिले उनको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलहरूमा लागिरहेको छ । तर, सञ्चालकहरूले हल हिन्दी चलचित्रलाई दिएको भन्दै उनले आफू विकल्पतिर लागेको जनाउ दिएका छन् । उनले सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिने तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको उल्लेख […]

Oct 14, 2024 - 12:17
 0
हल सञ्चालकसँग जङ्घिए निश्चल, भने- अकुपेन्सी ‘आलु’ हुँदा पनि हिन्दी फिल्मलाई नै शो दिइराख्नू

काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेत हल सञ्चालकहरूसँग जङ्घिएका छन् । अहिले उनको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलहरूमा लागिरहेको छ ।

तर, सञ्चालकहरूले हल हिन्दी चलचित्रलाई दिएको भन्दै उनले आफू विकल्पतिर लागेको जनाउ दिएका छन् ।

उनले सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिने तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको उल्लेख गर्दै भनेका छन्, “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शोज दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि ।”

बस्नेतले यसअघि पनि आफ्नो चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको बेलामा हलले ५० प्रतिशत सेयर निर्माण पक्षलाई नदिए हलबाट सिनेमा उतार्ने चेतावनी दिएका थिए । उनको चेतावनीपछि प्रदर्शकहरूले निर्मातालाई ५० प्रतिशतत सेयर दिन तयार भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register