देशको दुई महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको दुई महिनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कको आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै दुई […]

Oct 15, 2024 - 12:44
 0
देशको दुई महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको दुई महिनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कको आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै दुई महिनामा आयात १ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात ५ दशमलव १ प्रतिशतले घटेको छ ।

यसै गरी शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको बैंकले जनाएको छ । दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५ दशमलव २ प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ भने समीक्षा अवधिमा नेपाल सरकारको खर्च १ खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ६६ अर्ब ३९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसै गरी, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ० दशमलव ५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १ दशमलव ४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register