कतारलाई एक जोडी हात्ती उपहार दिने निर्णय, माउते पनि उतै जाने

काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बताए । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर […]

Oct 20, 2024 - 11:25
 0
कतारलाई एक जोडी हात्ती उपहार दिने निर्णय, माउते पनि उतै जाने

काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल–थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने बताएको थियो ।

वैशाख दोस्रो साता कतारका अमिर अल–थानीको भ्रमण भएको थियो ।  हात्तीका सुसारे पनि कतार पठाउने तयारी सरकारको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register