बोलाछेंमा पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरु)

अहिले बोलाछेंमा सामान्य पालाको दर्जनको ४० र बुट्टादार पाला गोटाको २० रुपैयाँमा बिक्री हुने गरेको छ

Oct 21, 2024 - 09:13
 0
बोलाछेंमा पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरु)

भक्तपुर। ‘पोटरी स्क्वायर’ को नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलमा अहिले जताततै पाला सुकाएको देख्न सकिन्छ। तिहार नजिकिँदै गर्दा परम्परागत रूपमा बत्ती बाल्न आवश्यक पर्ने पाला बनाउन अहिले त्यहाँका ‘कुम्हः’ हरू व्यस्त भएका छन्।

प्रजापति समुदायका ‘कुम्हः’ हरू आफ्नो पुर्खौली पेसाअन्तर्गत माटोका भाँडाकुँडाहरू बनाउँछन्। अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरूलाई अहिले भ्याइनभ्याइ छ।

अघिपछि माटोको सजावटका विभिन्न सामाग्री लगायत धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे बनाउने उनीहरूलाई अहिले भने तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन। पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनि तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ।

अहिले बोलाछेंमा सामान्य पालाको दर्जनको ४० र बुट्टादार पाला गोटाको २० रुपैयाँमा बिक्री हुने गरेको छ।

तस्वीरहरु:-

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register