स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय नगदसहित दुई जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपियाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् ।  अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै […]

Oct 22, 2024 - 09:12
 0
स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय नगदसहित दुई जना पक्राउ

कपिलवस्तु ।

कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपियाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपियाँसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register