होटल डिलाइटको आयोजनामा कनकाईमा वडास्तरीय फुटबल हुँदै

कनकाई, ७ कात्तिक । झापाको कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । होटल डिलाइट सुरुङ्गाको आयोजना र नेप्लिज मिलेट्री भेट्रान क्लब अमेरिकाको आर्थिक सहयोगमा आगामी कात्तिक ९ गतेदेखि १४ गतेसम्म प्रथम वडा स्तरीय दसैं तिहार कप (नकाउट) फुटलब प्रतियोगिता हुने भएको हो । पूर्व अमेरिकी सेना आशिस संग्रौलाले वडास्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्न [...] The post होटल डिलाइटको आयोजनामा कनकाईमा वडास्तरीय फुटबल हुँदै appeared first on Jhapa Online.

Oct 23, 2024 - 15:08
 0
होटल डिलाइटको आयोजनामा कनकाईमा वडास्तरीय फुटबल हुँदै

कनकाई, ७ कात्तिक । झापाको कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

होटल डिलाइट सुरुङ्गाको आयोजना र नेप्लिज मिलेट्री भेट्रान क्लब अमेरिकाको आर्थिक सहयोगमा आगामी कात्तिक ९ गतेदेखि १४ गतेसम्म प्रथम वडा स्तरीय दसैं तिहार कप (नकाउट) फुटलब प्रतियोगिता हुने भएको हो । पूर्व अमेरिकी सेना आशिस संग्रौलाले वडास्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले यो प्रतियोगितालाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक होटल डिलाइटका सञ्चालक ख्याम ओलीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । पर्यटकीय नगरका रुपमा परिचित कनकाईलाई चाडपर्वका बेला खेलकुदमय बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । होटल व्यवसायसँगै खेल क्षेत्रको प्रबद्र्धन गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतियोगितामा कनकाईका नौ वटै वडाका एक÷एक वटा टिम र कनकाई भेट्रान क्लबले उपाधि रक्षाका लागि भिड्ने छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने खेल संयोजक दीपेन ओलीले बताउनुभयो । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैँया र म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने उहाँले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा सहयोगी युएस आर्मी नविन सुवेदी, आयोजक समितिका ख्याम ओली लगायातले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो ।

कनकाई माविको खेल मैदानमा हुने फुटबल प्रतियोगिताको उद्घाटनमा कनकाई सुरुङ्गा प्रेस क्लब र आयोजक समिति बीच मैत्रीपूर्ण खेल हुनेछ भने उद्घाटनमा वडानम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि आशिस संग्रौला, बद्री संग्रौला, आकाश संग्रौला, नविन सुवेदी, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य र संदिप बाँस्तोलाले सहयोग गर्नुभएको छ । प्रतियोगितामा रोहन कार्की र सिम्रन राईलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

The post होटल डिलाइटको आयोजनामा कनकाईमा वडास्तरीय फुटबल हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register