सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढ्यो

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकले कुल ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २९.१६ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड […]

Oct 24, 2024 - 10:01
 0
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढ्यो

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकले कुल ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २९.१६ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि २७.५९ प्रतिशतले बढेको छ । त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खराब कर्जा ३.२८ प्रतिशतबाट बढेर ४.६५ प्रतिशत पुगेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस १ रुपैयाँ ३२ पैसाले बढेर ७ रुपैयाँ ०२ पैसा कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९४ पैसा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register