गरिमा विकास बैंकको नाफा १२% ले बढ्यो, ईपिएस कति ?

काठमाडौँ । गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २० करोड […]

Oct 24, 2024 - 11:01
 0
गरिमा विकास बैंकको नाफा १२% ले बढ्यो, ईपिएस कति ?

काठमाडौँ । गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ प्रतिशतले धेरै हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ११.०८ प्रतिशत र संचालन नाफा १२.०१ प्रतिशतले बढेको छ ।

गरिमाको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ । यसको खराब कर्जा बढेर ३.८२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा २.६८ प्रतिशत रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register