इजरायललाई अमेरिकाको चेतावनी : इरानको आणविक र तेल साइटबाट टाढा रहनू

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् । बाइडेनले भने, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ ।’ तर, बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा भने समर्थन नगर्ने बताए । इरानको आणविक साइटमा आक्रमणले स्थिति बिग्रन सक्ने […]

Oct 26, 2024 - 07:55
 0
इजरायललाई अमेरिकाको चेतावनी : इरानको आणविक र तेल साइटबाट टाढा रहनू

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् ।

बाइडेनले भने, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ ।’

तर, बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा भने समर्थन नगर्ने बताए । इरानको आणविक साइटमा आक्रमणले स्थिति बिग्रन सक्ने उनी बताउँछन् ।

यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डाबाट टाढा रहन चेतावनी दिएको छ ।

बाइडेनले अक्टोबर ४ मा दिएको यसअघिको वक्तव्यमा पनि भनेका थिए, ‘यदि म इजरायलको ठाउँमा भएको भए इरानी तेल क्षेत्रमाथि आक्रमण गर्नुको सट्टा अन्य विकल्प सोच्ने थिएँ ।’

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूले पनि आफ्नो बयानमा भनेका छन्, ‘इजरायल र इरानबीच प्रत्यक्ष गोलीबारी बन्द गरिनुपर्छ । हामी लेबनानमा युद्ध अन्त्य गर्न र गाजामा युद्धविराम र इजरायली बन्धकहरूको फिर्ताको प्रयासलाई समर्थन गर्न वार्ताको नेतृत्व गर्न तयार छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register