‘कथा चोरी’को आरोपपछि ‘पूर्णबहादुरको सारङ्गी’का कथाकार भन्छन्- हल्ला होइन कानुनी उपचारमा जानुहोस्

काठमाडौं । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेपछि एक लेखकले आफ्नो कृतिसँग मिलेको आरोप लगाएका छन् । शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार रहिरहँदा ती लेखकले आफ्नो कृतिबाट चोरिएको कथा भन्दै आरोप लगाएपछि हल्ला […]

Nov 10, 2024 - 09:16
 0
‘कथा चोरी’को आरोपपछि ‘पूर्णबहादुरको सारङ्गी’का कथाकार भन्छन्- हल्ला होइन कानुनी उपचारमा जानुहोस्

काठमाडौं । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेपछि एक लेखकले आफ्नो कृतिसँग मिलेको आरोप लगाएका छन् ।

शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार रहिरहँदा ती लेखकले आफ्नो कृतिबाट चोरिएको कथा भन्दै आरोप लगाएपछि हल्ला नभई कानुनी उपचार खोज्न निर्माण पक्षले चुनौती दिएको छ ।

चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

डा. शिवशंकर बस्याल नामका एक उपन्यासकारले आफ्नो उपन्यास ‘सङ्ग्रामपूर’ को कथा ‘पूर्णबहादुरको सारङ्गी’ सँग मिल्दोजुल्दो भएको दाबी गरेका थिए ।

उनले मिल्दाजुल्दा भन्दै केही प्रसङ्ग पनि उल्लेख गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको कथाकार पौडेलको दाबी छ ।

यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिएका छन्, ‘‘चोरी नै भएको थियो भने उहाँ कानुनी उपचारमा जानुहुन्थ्यो होला । अथवा मलाई भेटेर भन्नुहुन्थ्यो होला । सामाजिक सञ्जालमा लेख्नुको मतलब सिर्फ चर्चाका लागि हुन सक्छ । नियोजितरुपमा भ्रामक प्रचारबाजी गर्न खोजिएको पनि हुन सक्छ । कानूनीरुपमा जानुभयो भने त्यसको सामना गर्न हामी तयार छौँ ।’’

यो पनि पढ्नुहोस :

‘पूर्णबहादुरको सारङ्गी’को कथा आफ्नो उपन्याससँग मिलेको एक लेखकको दाबी, उल्टै खाँदैछन् गाली

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register